• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ भाद्र २०७९, मंगलवार


    बिज्ञापन
  • टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको कार्यालयमा चोरी

    टोखा टाइम्स, काठमाडौँ ।  टोखा -२, गणेशस्थान गःहिति स्थित टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको कार्यालयमा चोरी भएको छ ।

    गएरात्री कार्यालयको बार्दलीबाट पसेर कार्यालयको कम्प्युटर सी.पी.यु. १ थान र मनिटर १ थान चोरी भएको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।

    बिहान कार्यालयमा आउँदा कम्प्युटर चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएको उनले बताए । कार्यालयको उत्तरतर्फमा रहेको बार्दलीको ढोका खोलेर चोरी गरिएको र कम्प्युटर बाहेक  कार्यालयमा अन्य केही पनि सामान चोरी नभएको समेत श्रेष्ठले जानकारी दिए ।

    केही समय यता टोखामा चोरीका घटनाहरु बढ्दै गइरहेको छ । यसको नियन्त्रणका लागि वडाकार्यालय स्तरबाट विशेष सुरक्षाको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

    Facebook Comments Box