• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ आश्विन २०७९, शनिबार


    बिज्ञापन
  • टोखा उद्यमी सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट निक्षेपकर्ता तथा ऋणी पुरस्कृत

    टोखा टाइम्स, काठमाडौँ । टोखा उद्यमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टोखाले उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पुरस्कृत गरेको छ । सहकारीको शनिबार तलेजु परिसरमा सम्पन्न दोस्रो वार्षिक साधारण सभामा उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा उत्कृष्ट निक्षेप कर्तामा रत्नलाल डंगोल, कालीमाया श्रेष्ठ, तीर्थ नारायण श्रेष्ठ, सुमन सुनार, थिके कर्माचार्य, मचाभाई डंगोल र सुञ्जना खड्गी रहेका छन् । त्यस्तै, उत्कृष्ट ऋणीमा राम कार्की, प्रेम श्रेष्ठ, रुपेस तामाङ, नरेन्द्र बहादुर नकर्मी, देवराज डंगोल र दश नारायण डंगोल रहेका छन् । सहकारीबाट पुरस्कृतहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले सम्मान पत्र वितरण गरेका थिए ।

    संस्थाका अध्यक्ष सत्य देवी श्रेष्ठको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा दुई लाखसम्म शेयर रकम पुर्‍याएका शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

    संस्थाका कोषाध्य आन्नद कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रत्येक शेयर सदस्यहरुलाई संस्थाको निर्णय अनुसार १२ प्रतिशत लाभांश वितरण गरिने बताए ।

    सो कार्यक्रममा संस्थाका जेष्ठ सदस्य लक्ष्मी देवी डंगोल, लघु उद्यम महिला समाजकी अध्यक्ष निर्मला  डंगोल श्रेष्ठ , टोखा नगर सहकारी शाखा प्रमुख कमला कार्की, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box