• काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले तलब, भत्ता तथा सेवा सुविधा नलिने

    टोखा टाइम्स, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं.५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले आफूले निर्वाचन जितेमा तलब भत्ता नलिने बताएका छन् ।

    काठमाडौं क्षेत्र नं. ५ मा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कँलेलले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा कोष खडा गरेर तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुको लागि खर्च गर्ने घोषणा गरेका छन् ।

    निर्वाचनको लागि टोखा नगरपालिका वडा नं. २ मा मतदाता सँग भेट गर्ने क्रममा कँडेले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने र अशक्त, अपांग, बिपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न तलब भत्ता खर्च सार्वजनिक गरेका छन्।

    आफू निर्वाचित भएमा तलब, भत्ता तथा सेवा नलिने घोषणा गर्दै उनले भने, ‘जनताको गाँस काटेर जम्मा गरिएको करको रकमबाट जनप्रतिनिधिको हैसियतले राज्यकोषबाट तलब,भत्ता लगायतका कुनै पनि सेवा नलिने कबुल गर्दछु । कँडेलले भने, त्यस्तो सुविधा अरू जनप्रतिनिधिले पनि लिन नहुने कुरामा निरन्तर खबरदारी गरिने छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेललाई यसअघि नै निर्वाचन आयोगले चप्पल चुनाव चिन्ह प्रदान गरिसकेको छ ।

    यस्ता छन् स्वतन्त्र उम्मेदवार कँडेलका संकलपहरुः

    -भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न ।

    -तलबबाहेका कुनै पनि सेवा सुविधा र भत्ता लिन्नँ ।

    -राष्ट्र र राष्ट्रियताविरुद्ध हुने कुनै पनि कार्य गर्दिन ।

    -जनता र मतदाताको हित विपरित हुने गरी कुनै पनि कार्य गर्दिन र गर्न दिन्न ।

    -कानुनको पूर्ण पालना गरि आफ्नो पदीय जिम्मेवारी वहन गर्छु ।

    Facebook Comments Box