• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ कार्तिक २०७९, बुधबार


    बिज्ञापन
  • काठमाडौँ- ५ (ख) को आधिकारीक उम्मेदवारलाई लिएर गठबन्धन दलभित्र व्यापक अशंतुष्टी

    टोखा टाइम्स, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५  (ख) प्रदेश सदस्यको आधिकारीक उम्मेदवारको विषयलाई लिएर गठबन्धन दल भित्र अशंतुष्टी  पैदा भएको छ ।  गठबन्ध दलले काठमाडौँ-५ (ख) प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का बालकुष्ण श्रेष्ठलाई उम्मेदवारको रुपमा निर्णय गरिएको भए पनि नेपाली काँग्रेसले श्याम खड्कालाई आफ्नो उम्मेदवारको रुपमा उठाएको प्रति  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अशंतुष्टी जनाएको हो ।

    बुधबार टोखाका अशंतुष्ट दलका प्रतिनिधिहरुको बसेको बैठकले काठमाडौँ-५ (ख) को गठबन्धनको आधिकारीक उम्मेदवार कमरेड बालकृष्ण श्रेष्ठलाई कायम गराउन कार्तिक ४ गतेसम्म नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को संयुक्त रुपमा दबावमुलक कार्यक्रम गर्ने र माथिल्लो कमिटीको अन्तिम निर्णयलाई शिरोधार्य गरी गठबन्धनको निर्वाचन परिचालनमा लाग्ने निर्णय गरिएको छ ।

    त्यस्तै उक्त बैठकले गठबन्धन दल नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजबादी)को तर्फबाट छुट्टा छुट्टै उम्मेदवारी दर्ता गरिएको अवस्थामा दवावमुलक कार्यक्रम गरी नेपाली काँग्रेसको उम्मेदवारी फिर्ता गराउन माथिल्लो कमिटीमा अनुरोध गरी गठबन्धनको सहकार्यमा निर्वाचनमा सक्रियता देखाउने समेत निर्णय गरिएको छ ।

    काठमाडौँ- ­५ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार बालकृष्ण श्रेष्ठले पार्टीको निर्णय अनुसार प्रतिनिधि सभासदस्य काँग्रेसलाई र प्रदेश सभामा नेकपा एसलाई दिने लिखित निर्णय भएको  बैठकमा बताए । उनले गठबन्धनको भावना र मर्मलाई बुझेर लाग्नु  पर्ने समयमा राजनीतिक गुटबन्दी समूहको सक्रिय भूमिका खेलिरहेको आरोप लगाएका छन् ।

    पार्टीका नेतृत्व गर्ने शीर्ष नेताहरुले सहिरुपमा निर्णय गर्न नसक्दा गठबन्धन लठालिङ्गको अवस्थामा पुगेको उनले बताए ।

    Facebook Comments Box