• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ कार्तिक २०७९, सोमबार


    बिज्ञापन
  • टोखा चण्डेश्वरी अस्पतालमा आजदेखि जनरल वार्ड सञ्चालनमा

    टोखा टाइम्स, काठमाडौँ । टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालले आजदेखि जनरल वार्ड सञ्चालनमा ल्याएको छ । आज विहान एक कार्यक्रमका बीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ मर्हजनले उक्त वार्डको रिवन काटेर उद्घाटन गरेका थिए ।

    २०७७ मा बागमती प्रदेशको स्वास्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा ल्यएको अस्पतालले २५ शैय्याको अन्तरङ्ग सेवा (जनरल वार्ड) सञ्चालनमा ल्यएको हो । जसमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी चौबिसै घण्टा खटिने अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले कार्यक्रममा बताए ।

    अस्पतालमा २५ शैय्या मध्य ५ इमर्जेन्सी, १२ जनरल वार्ड र अन्य प्रसुती लागतको शैय्या रहेका छन् ।

    भर्खर भर्खर प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रादेशिक अस्पतालको रुपमा स्तोरोन्नति भएको यस अस्पतालमा धेरै आवश्यक पुर्वाधारहरुको निर्माणका साथै व्यवस्थापन गर्न बाँकी रहेकोले चरणबद्ध त्यस्को व्यवस्थापन गर्दै आम सर्वसाधारणहरुलाई गुणस्तरी र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सम्पुर्ण अस्पताल कर्मचारी तथा व्यवस्थापन समिति लागि परेको समेत डा. दर्नालले जानकारी दिए ।

    अस्तपालले निकट भविष्यमा अपरेशन थियटर सुरु गर्ने र यस अस्पतालमा आउने गर्भवती महिलाको सामान्य प्रसुती नभएकाहरुका लागि सिजरिङ्ग बाट प्रसुती गर्ने सेवा बिस्तार गर्न लागि रहेको डा. दर्नाले बताए ।

    कार्यक्रममा पुर्व गाविस अध्यक्ष तथा टोखा प्राथमिक उप स्वास्थ्य केन्द्रका व्यवस्थापन अध्यक्ष कशिनारायण श्रेष्ठले स्वास्थ्य विना मानिसको जीवनको केही अर्थन नरहने भन्दै टोखाले स्वास्थ्य संस्थाकालागि ६५ रोपनी जग्गा दिएको सम्मरण गरे ।

    उनले उबेला विभिभ कारणले अस्तपाल बन्न सकेन अब यो अस्पताल हुनु हाम्रो सैभाग्य थानेर स्वास्थ्य कर्मचारी, व्यवस्थापन समितिका सदस्य तथा सम्पुर्ण टोखाबासीले आफ्नो मानेर आआफ्नो कर्तव्यलाई पुरा गरी गुणस्तर स्वास्थ्य सेवाका लागि हामी लाग्नु पर्ने बताएका थिए ।

    त्यस्तै, अस्पतालका निर्वतमान व्यस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले स्वास्थ्य क्षेत्र निकै नै जटिल क्षेत्र भएको भन्दै सावधानि अपनाएर अस्पतालले आम मानिसको सुस्वास्थ्यलाई ध्यानमा राखि समाजमा उत्पन्न भएका रोगहरुको निदान गरी समुदायस्तरमा नै गएर स्वास्थ्य सेवा दिन सक्ने वातावरण तयार गर्न अस्पताल प्रशासनलाई सुझाव दिएका थिए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले आम सर्वसाधारणका लागि सुलभ र गुणस्तर स्वास्थ्य सेवा दिनका लागि अस्पतालमा कार्यरत डाक्टर स्वास्थ्यकर्मी तथा व्यवस्थापन लागि परेको कार्यक्रममा बताए ।

    उनले भने – आमसर्वराधारणले आफ्नै अस्पताल मानेर स्वास्थ्य सेवा सुविधा लिन र आआफ्नो क्षेत्रबाट भौतिक तथा नैकतिक सथा सहयोग गर्न समेत आग्रह गर्छु ।

    कार्यक्रममा टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा सदस्य सविना श्रेष्ठ, अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box