• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१६ कार्तिक २०७९, बुधबार


    बिज्ञापन
  • शनिवार झोरमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

    टोखा टाइम्स, काठमाडौँ । टोखा – १ झोर महाँकालमा निःशुल्क  आँखा शिविर हुने भएको छ ।

    नेपाल आँखा अस्पताल  त्रिपुरेश्वर र टोखा चन्डेश्वरी अस्पताल (आँखा सेवा विभाग) को संयुक्त आयोजनामा शनिवार टोखा-१ झोरमहाँकालको श्री बौडेश्वर माध्यमिक विद्यालयमा निःशुल्क शिविर सञ्चालन हुने भएको हो ।

    शिविर कार्तिक १९ गते शनिवार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरुको नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक तथा आर्थिक सहयोग र लायन्स क्लबको आर्थिक सहयोगमा निशुल्क शल्यक्रियाको व्यवस्था रहेको र बिरामीको शल्यक्रियाको लागि आवतजावतको सुविधा टोखा नगरपालिका १ वडाको कार्यालयबाट हुने वडा कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    Facebook Comments Box