• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ कार्तिक २०७९, बुधबार


    बिज्ञापन
  • सवस्टेशन निर्माणको विरोध गर्दै स्थानीयले बुझायो ज्ञापन पत्र

    टोखा टाइम्स, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले साविक टोखा सरस्वती वडा ५ मा विभिन्न क्षमताको सवस्टेशन निर्माण गरिन लागेकोमा जग्गा धनी तथा स्थानीयले विरोध गरेको छ । जग्गा धनीहरु र टोखा वडा नं. २ र ३ का पीडीत तथा स्थानीयबासीहरुले टोखा नगरपालिका वडा नं. ३ को कार्यकक्ष समक्ष ज्ञापन पत्र बुझाएर विरोध गरेको हो ।

    उनीहरुले वडा कार्यालयमा ज्ञापन पत्र बुझाउदै सवस्टेशनको विरोध जनाएको छ । बुधावर बुझाएको ज्ञापन पत्रमा भनिएको छ – “नेपाल विद्युत प्राधिकरणबाट सार्वजनिक गरिएको मिति बिनाको सूचना विभिन्न स्थानमा टाँस भएको देखियो उक्त सूचना अनुसार नेपाल विद्युत प्राधिकरणबाट प्रस्ताव गरिएको उक्त सवस्टेशन ११ के. भि., ६६. के. भि., १३२ के. भि. र २२० के. भि. क्षमताको हुनेछ। उक्त सवस्टेशन निर्माणको लागि करिब १५ रोपनी जग्गा स्थायी रुपमा अधिग्रहण गरी लिनु पर्ने हुन्छ। सवस्टेशन निर्माण गर्नको लागि आवश्यक पर्ने सो जग्गा मुआब्जा दिने गरी स्थायी रुपमा अधिग्रहण गर्न र प्रारम्भिक कारवाही चलाउनको लागि नेपाल सरकार (मन्त्री, परिषद) बाट मिति २०७९/०३/१४ मा निर्णय भएको जानकारीका सूचना प्रकाशित गरिएकोले टोखा बासी र विशेष साविक टोखा सरस्वती वडा नं. ५ का जग्गा धनीहरु र टोखा वडा नं. २ र ३ मा बसोबास गर्ने सर्वसाधारण जनताहरु समेतको सरोकार चासो र चिन्ताको विषय भएकोले साथै टोखा एक संस्कृति संरक्षित क्षेत्र घोषणा भएको, स्थानिय सर्व साधारणको मुख्य आय सोत बाँच्ने आधार कृषि भएको, सब स्टेशन संगै हाइभोल्टेज विजुलि ट्रासमिशन लाइनको समेत प्रभाव, स्वास्थ्यमा असर र नेपालले अनुमोदन गरेको ILO र 169 United Nations Declaration on the Rights if Indigenous peoples UNDRIP माथिकै ठाडो हस्तक्षेपले गर्दा स्थानीय र सरोकावाला जनतासँग छलफल नै नगरी एकै चोटि हचुवाको भरमा सूचना प्रकाशित भएकोले सार्वजनिक जन सरोकारवाला र पिडीत जनताहरु असहमति जनाउदै तल उल्लेखित जनसमुदायको प्रतिनिधित्व हस्ताक्षर सहित यो ज्ञापन पत्र बुझाउन आएका छौं ।”

     

    Facebook Comments Box