• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:७ मंसिर २०७९, बुधबार


    बिज्ञापन
  • काठमाडौँ – ५ (क) प्रदेशसभा सदस्यमा राप्रपाका राजेन्द्र प्रजापति विजयी

    टोखा टाइम्स, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्वर ५ (क) प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र प्रजापति ४ हजार ३ सय मत ल्याई विजयी भएका छन् ।

    शुरूवाती अग्रतालाई कायम राख्दै प्रजापतिले आफ्ना  निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेस तथा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार भैरब सापकोटालाई ४०४ मतान्तरले पराजित गरेका हुन् ।

    पराजित सापकोटाले ३८९६ मत ल्याएका छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेद्वार नारायण सिलवालले ३२४४ मत ल्याएका छन् ।

    काठमाडौँ-५ (क) प्रदेशसभा सदस्यका लागि जम्म १६,३३२ मत खसेको थियो ।

    Facebook Comments Box