टोखा टाइम्स,काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ (ख) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार श्यामवहादुर खड्का निर्वाचित भएका छन् ।
खड्काले ९ हजार ७३१ मत ल्याएर निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेका दिपक निरौलाले ८ हजार ४०५ मत प्राप्त गर्दा राप्रपाका सुसनलाल श्रेष्ठ ५ हजार ६३३ मतका साथ तेस्रो स्थानमा छन् ।