• १४ औं जापानी भाषा काराओके प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । १४ औं अल नेपाल जापानी भाषा काराओके प्रतियोगिता सुनधारा स्थित आर्मी अफिसर्स क्लबमा शनिवार सम्पन्न भएको छ । नेपाल स्थित जापानी राजदुताबासको सहयोग र जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको जापानी भाषा काराओके प्रतियोगिता, दुई चरणमा छुटाइ आयोजना गरिएको थियो । पहिलो चरण र दोश्रो गरी ३१ जना  प्रतिस्पर्धीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा  JLECC  का आङ दोर्जे तामाङ प्रथम, आइ एन एस नेपालका अनिष गुरुङ र रेजिना राई द्वितिय, सेइको ईन्टरनेशनलका माइकल जिरेलले तृतिय स्थान प्राप्त गरेका थिए ।

    यस वर्ष नेपालीहरु प्रथम पटक जापान गई अध्ययन गरेको १२० वर्ष पुरा भएको उपलक्ष्यमा नेपाल स्थित जापानी राजदुताबासले विषेश पुरस्कारको ब्यवस्था गरि उक्त विषेश पुरस्कार विश्व भाषा क्याम्पसकी करुणा श्री लामालाई प्रदान गरेको थियो । JICA नेपालले ब्यवस्था गरिको विषेश पुरस्कार यात्रा इन्टरनेशनल ल्याङ्वेज एकेडेमीका कुमारी तामाङ, बर्षा राई, भावना सुनुवार र पुजा डंगोललाई प्रदान गरेको थियो । यसै गरी जापानिज एसोशियसन नेपालले ब्यवस्था गरिको विषेश पुरस्कार फंनतियर एजुकेशन ग्रुपकी संगीता तामाङलाई प्रदान गरिएको थियो ।जाल्टानद्वारा पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको थियो उक्त पुरस्कर हिनाता जापानीज ल्याङ्वेज स्कुलका सिर्जल महर्जनलाई प्रदान गरिएको थियो। साथै प्रथम, द्वितिय, तृतिय तथा सहभागी सम्पूर्ण प्रतियोगिहरुलाई जाल्टान, नेपाल स्थित जापानी राजदुताबासले ब्यवस्था गरेको सिल्ड, तक्मा, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

    प्रमुख अतिथि नेपालका लागी जापानी राजदुत किकुता युताकाज्यू र विषेश अतिथि विश्व भाषा क्याम्पसका क्याम्पस प्रमुख डा. यादब राज पन्तज्यू को सहभागितामा संचालन भएको कार्यक्रमका प्रमुख जर्ज नेपाल स्थित जापानी राजदुताबासका Cultural Secretory सातो मायुको ज्यू ले निर्वाह गर्नु भएको थियो । JICA नेपालका ओकुवो आकिमिचुज्यू, जापानिज एसोशियसनका ओया युकोज्यू, Japan University Almuni Association (JUAAN) का प्रविन श्रेष्ठज्यू JICA Alumni Association of Nepal (JAAN) का शान्ति लक्ष्मी शाक्यज्यू लगायतमा महानुभावले निर्णायकको भुमिका निर्वाह गर्न भएको थियो भने Questioner को भुमिका जाल्टान पूर्व अध्यक्ष पूर्ण काजी प्रजापतिले निर्वाह गर्नु भएको थियो ।

    जाल्टानका उपाध्यक्ष राजेन्द्र के सीज्यूले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा जाल्टानका अध्यक्ष मनिष श्रेष्ठज्यू धन्यबाद मन्तब्य दिनुका साथै नेपालको जापानी भाषाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो भने उक्त कार्यक्रमको संयोजकत्व जाल्टानका अर्का उपाध्यक्ष संजय श्रेष्ठज्यु ले गर्नु भएको थियो। जापानी राजदुत किकुता युताकाज्यूले जापानी भाषा र समसामहिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

    #jaltan.org

    Facebook Comments Box