• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१२ पुष २०७९, मंगलवार


    बिज्ञापन
  • टोखा मेयर व्याडमिन्टन कप हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखामा पुष २० देखि २३ गतेसम्म प्रथम टोखा मेयर व्याडमिन्टन कप प्रतियोगिता-२०७९ आयोजना हुने भएको छ । दि टोखाली ब्वाईजको आयोजनामा त्रिदिवसीय प्रतियोगिता हुने भएको हो ।

    खेलाडीहरूको व्यक्तित्व विकास, स्थानीय पहिचानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक क्लबका अध्यक्ष बिकास डंगोलले बताए ।

    टोखा ब्याडमिन्टन एकेडेमीको ब्याडमिन्टन हलमा टोखा मेयर कप मेनस डबल खुल्ला, मेनस डबल  (सी), मेनस डबल (डी) टोखा नगर स्तरीय र महिला सिंगल गरी चार समूहका खेल हुने छ ।

    मेनस डबल खुल्ला प्रतियोगितामा राष्ट्रिय स्तरका टप २० का खेलाडीले सहभागिता जनाउन पाउनेछ ।

    “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा २०० टिमको सहभागिता रहने क्लबका उपाध्यक्ष सञ्जु श्रेष्ठले बताए ।

    प्रतियोगिता राष्ट्रिय स्तरका रेफ्रीद्वारा खेलाइने समेत उनले जानकारी दिए ।

    प्रतियोगितामा मेनस डबल खुल्ला समुहका प्रथमले ४० हजार नगद, द्वितीयले २० हजार नगद तथा तृतीय हुने दुई टिमले १०/१० हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताइको छ ।

    यसैगरी मेनस डबल (सी) समुहतर्फ प्रथमले ३५ हजार नगद, द्वितीयले १८ हजार नगद तथा तृतीय हुने दुई टिमले ८/८ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । मेनस डबल (डी) टोखा नगर स्तरीय समूह तर्फ प्रथमले ३० हजार नगद, द्वितीयले १५ हजार नगद तथा तृतीय हुने दुई टिमले ७/७ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

    भने, महिला सिंगल समुह तर्फ प्रथमले २० हजार नगद, द्वितीयले १० हजार नगद तथा तृतीय हुने दुई टिमले ५/५हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

    टोखा नगरपालिकाको प्रायोजनमा हुनलागेको उक्त प्रतियोगिताको सह प्रायोजक एम.डी.एस. सिमेन्ट डिजाई र टोखा ईन्टरप्राईजेज प्रा.लि. ले गरेका छन् । त्यस्तै, प्रतियोगिताको सहयोगीहरुमा ह्याप्पी होम मन्टेश्वरी, पद्यम चक्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टि. एस. टि हेल्थ क्लब, समृद्ध सहकारी संस्था लि. र सोनिग प्रिटिङ्ग प्रेस प्रा.लि. रहेका छन् ।

    प्रतियोगिताको लागि पुष १८ गते अन्तिम नाम दर्ता गर्नु पर्ने मिति तोकिएको छ । थप जनाकारीका लागि ९८५१२३६३३९ /९८४९०८३८१५ /९८१०३८४६२८ यी नम्वरमा सम्पर्क गर्न सकिनेछ ।

    Facebook Comments Box