• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ माघ २०७८, शनिबार


    बिज्ञापन
  • जे.पि नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजबादी) टोखा नगर कमिटी गठन

    काठमाडौं । जोग प्रसाद नेपालको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) टोखा नगर कमिटीको गठन गरिएको छ ।

    शनिवार आयोजिक टोखा नगर कमिटी विस्तारित भेला तथा कमिटी पुन गठन कार्यक्रमबाट नेपालको अध्यक्षतामा २५ सदस्यीय कमिटीको गठन गरिएको हो ।

    टोखा नगर कमिटीको उपाध्यक्षमा राकेश सिंह, सचिवमा माइला श्रेष्ठ, उप सचिवमा पदमनिधी तिवारी, विश्वनाथ तुलाधर रहेका छन् । त्यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद शर्मा, लक्षमण देवकोटा, शकुन्तला शाहि धमला, पवित्रा अधिकारी, नवीन शर्मा (अधिकारी), संगिता थापा, दिवाकर रिजाल, ऋतु खड्का, बाबुकाजी महर्जन, महेश्वर अधिकारी, केशर बहादु तामाङ, विश्वराज श्रेष्ठ, शान्तामान श्रेष्ठ, बुद्धि नारायण श्रेष्ठ, प्रदिप श्रेष्ठ, सागर राज लवट, कृष्ण डंगोल, सुविन्द्र श्रेष्ठ र सरोज डंगोल रहेका छन् ।

    पार्टीको विधान अनुसार ५१ सदस्यीय कमिटी गठन गर्नु पर्ने प्रावधान रहेकोले बाँकी सदस्य थप्दै कमिटीलाई पुनता दिइने काठमाडौं जिल्ला सदस्य तथा टोखा नगर कमिटीका अध्यक्ष नेपालले कार्यक्रममा जानकारी दिनु भयो ।

    स्थानीय कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रीय तथा प्रदेश कमिटीका सदस्यहरू अष्टनारायण डंगोल, गजराज श्रेष्ठ, गोविन्द सुवेदी, गणेशमान श्रेष्ठ, रामकृष्ण सेदाइ, टोखा २ वडा कमिटी अध्यक्ष देवराज डंगोल लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box