• ashok

    • प्रकाशित मिति:२६ पुष २०७८, सोमबार


    बिज्ञापन

    एकैदिन थपिए एक हजार चार सय ४६ कोरोना संक्रमित ।

    नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४४६ जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ।

    Facebook Comments Box