• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • आजदेखि नेपाली रेल खाली कुदाइँदै

    काठमाडौँ – धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किने छ ।

    रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले झन्डै १० दिनसम्म रेल कुदाइने बताउनुभयो ।

    १८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको उहाँले बताउनुभयो । यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको झाको भनाइ छ ।

    २०७७ असोज २ गते भारतबाट खरिद गरेर ल्याएको नेपाली रेल धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।

    Facebook Comments Box