काठमाडौँ । आगं द्यः छेँ टोल विकास संस्थाको आयोजनामा चियापान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिकाका उपप्रमुख मुराली तामाङको प्रमुख आतिथ्यमा शनिवार आगं द्यः छेँ भवन इकुलागमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उत्तरी भेगमै विशेष साँस्कृतिक महत्व बोकेको आगं द्यः छेँ भवनको पुनःनिर्माणमा स्थानीय सरकारले विशेष आर्थिक सहयोग गर्दै गरेको अवस्थामा आज एक कार्यक्रमको आयोजना गर्दै जनप्रतिनिधिहरूलाई उपलब्धि तथा महत्वको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको हो ।
आगं द्यः छेँ टोल विकास संस्थाका अध्यक्ष भाईलाल श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले ऐतिहासिक टोखाको संस्कृति र सम्पदा बिकासमा नगरपालिकाले बजेटमा कुनै पनि कन्जुस्याइँ नगरिने बताएका छन् ।
‘साबिक झोरमहाँकाल, टोखा चण्डेश्वरी र सरस्वती, धापासी र गंगबु गाविस समेति ऐतिहासिक नगरी टोखाकोको नाममा टोखा नगरपालिकाको नामाकरण भएको पुरानो साँस्कृतिक नगरीको संस्कृत तथा सम्पदाको निर्माण र विकासका लागि नगरपालिकाले कुनै पनि कन्जुस्याइँ गरिने छैन । टोखाका दाजुभाइ एकजुट भएर योजना लिएर आउनुस् हामी त्यसलाई पूरा गर्ने छौँ ।’- उनले भने ।
त्यस्तै, कार्यक्रममा निवर्तमान वडाध्यक्ष दिपकराज जोशीले आफ्नो कार्यकलमा वडाले सक्दो बजेट विनियोजित गरिएको स्मरण गर्दै हामीले मन्दिरको भवनको ठड्याउने र आकार दिने काम गर्यौँ अब बाँकी रहेको काम र साजसज्जा गर्ने काम वर्तमान जनप्रतिनिहरूले गर्नु पर्ने बताउनु भयो ।
टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले आफ्नो वडामा रहेका सम्पदाहरुको संरक्षण र सम्बद्धनमा आफ्नो वडाको तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले आगं द्यः छेँको भवनमात्र नभई भवनको आसपासको खालि ठाउँहरुलाई व्यवस्थित गरी बगैचा तथा आवश्यक पुर्वाधार निर्माणका लागि वडा तथा नगरबाट सहयोग गर्ने प्रतिवद्धता समेत दिनुभएको छ ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष भाइलाल श्रेष्ठले द्यः छेँको भवन निर्माणका लागि स्थानीय सरकारले गरेको आर्थिकस सहयोगको लागि विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
काेयक्रममा टोखा-२ का वडा सदस्य अमर डंगोल, निर्वतमान वडा सदस्य पञ्चकुमारी श्रेष्ठ, तलेजुका मूःनाय हेमराज श्रेष्ठ, सल्लाहकार शोभलाल श्रेष्ठ, आगं द्यः छेँ टोल विकास संस्थाका सचिव उपकार श्रेष्ठ , कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ , विकास संस्था तथा द्यः छेँका सदस्य लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रमको उद्घाटन थकाली मध्यका अष्ट नारायण श्रेष्ठले सुकुन्दामा दिप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो समेत वितरण गर्नुभएको थियो ।
आगं द्यः छेँ टोल विकास संस्था टोखाको आयोजनामा शनिवार सम्पन्न चियापान तथा सम्मान कार्यक्रममा मनतव्य राख्नु हुँदै टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ ।
आगं द्यः छेँ टोल विकास संस्था टोखाको आयोजनामा शनिवार सम्पन्न चियापान तथा सम्मान कार्यक्रममा मनतव्य राख्नु हुँदै टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ ।
Posted by Tokha Times on Friday, February 24, 2023
आगं द्यः छेँ टोल विकास संस्थाटोखाको आयोजनामा शनिवार सम्पन्न चियापान तथा सम्मान कार्यक्रममा मनतव्य राख्नु हुँदै टोखा नगरपालिका २ वडाका निवर्तमान वडाध्यक्ष दिपकराज जोशी ।

आगं द्यः छेँ टोल विकास संस्था टोखाको आयोजनामा शनिवार सम्पन्न चियापान तथा सम्मान कार्यक्रममा मनतव्य राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ ।