• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन

    गठबन्धनद्वारा प्रधानन्यायाधीशविरुद्ध २१ बुँदे अभियोग

    काठमाडौँ — गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २१ बुँदे अभियोग लगाएको छ । अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

    उनीहरूले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।

    त्यस्तै, प्रधानन्यायधीशले सर्वोच्च अदालत र न्यायलयभित्रै निजको कार्यकालमा अतिशय विकृति विसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।

    Facebook Comments Box