• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० फाल्गुन २०७९, शनिबार


    बिज्ञापन
  • टोखा नगरपालिका वडा नं. २ को जग्गा नयाँ नापजाँच सम्बन्धी अत्यन्त जरुरी सूचना

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नं. २ ले शुक्रबार जग्गा नयाँ नापजाँच सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

    वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठले जारी गरेको उक्त सूचनामा टोखा नगरपालिका वडा नं. २ साविक चण्डेश्वरी ८ मा सरस्वती र चण्डेश्वरीको दक्षिण पश्चिम सिमाना (इको) मा नापी टोली १ ले जग्गाको नयाँ नापजाँच सुरू गरि सकेको हुदाँ तहाँ जग्गा हुनेले आफ्नो जग्गाको साँध सिमाना देखाइ नापी कार्यमा आवश्यक सहयोग गरिदिनु हुनका साथै कुनै कुरा बुझ्नु परेमा तपशिलका कर्मचारीहरूलाई सम्पर्क गरि बुझ्न समेत सम्बन्धित सरोकारवालालाई यसै सूचना द्वारा जानकारीका लागि अनुरोध गरिन्छ ।

    तपशिल
    १. ज्ञानेश पौडेल ९८५७०६२२२७
    २. कृष्ण गौडेल ९८५७०७८६९०
    ३. जय प्रकाश मण्डल ९८५१०१३०२५

    Facebook Comments Box