• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • नेकपा(एस)को वैधानिकतामा प्रश्‍न उठाए सैह्य हुँदैन : माधव नेपाल

    काठमाडौँ — सर्वोच्च अदालतमा नेकपा (एस)को वैधानिकता विषयको विचराधिन मुद्दामा पेसी तोकिएको दिन उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन भइरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो ।

    उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी समेत गरे । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

    उनले भने,‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं । त्यसो हुनाले हामी अघि बढेका छौं । स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ । अब हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पााच दलीय गठबन्धन मिलेर जानेछ ।’

    अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट परे । अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहोर्‍याए ।

    Facebook Comments Box