• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ चैत्र २०७९, आईतवार


    बिज्ञापन
  • उत्तरीभेगीय साँस्कृतिक बाँसुरी प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न (भिडियो)

    काठमाडौँ । टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको आयोजनामा काठमाडौँको उत्तरीभेगीय साँस्कृतिक बाँसुरी प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । साँस्कृतिक नगरी टोखाको थनेलाछीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

    प्रतियोगितामा लसकुस बाँसुरी खल: फुसिंख्य: प्रथम,द्वितीय तजिलजि बाँसुरी धमाथु,तृतीय द राइजिइ स्टार गाँम्चा र चौंथो टुसाल बाँसुरी खल: भएका थिए । विजय खलःहरुले क्रमशः ५० हजार ३० हजार २५ हजार र १० हजार नगद पुरस्कार राशी प्राप्त गरेका थिए ।

    टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेशमान श्रेष्ठ रहेको उक्त प्रतियोगितामा वरिष्ठ वाध्यसम्राट न्हुच्छे वहादुर डंगोल, धर्म मुनिकार र विधान श्रेष्ठले निर्णायकमण्डलको भूमिका निभाएका थिए ।

    प्रतियोगितामा टोखा, तार्केश्वर र बुढानिलकण्ठ नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका १२ खलः पुचले सहभागिता जनाएका थिए ।

    टोखा नगर साँस्कृतिक बाँसुरी शुरशील सिरपा-११४३

    टोखा नगर साँस्कृतिक बाँसुरी शुरशील सिरपा-११४३
    बाँसुरी धेँधेँ बल्ला साँस्कृतिक ब्वज्या नापं हना ज्याझ्व,आयोजक – टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति
    स्थान: टोखा थनेलाछी, येँ

    Posted by Tokha Times on Saturday, April 8, 2023

     

    टोखा नगर साँस्कृतिक बाँसुरी शुरशील सिरपा-११४३

    टोखा नगर साँस्कृतिक बाँसुरी शुरशील सिरपा-११४३
    बाँसुरी धेँधेँ बल्ला साँस्कृतिक ब्वज्या नापं हना ज्याझ्व
    आयोजक – टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति
    स्थान: टोखा थनेलाछी, येँ

    Posted by Tokha Times on Saturday, April 8, 2023

    Facebook Comments Box