• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ चैत्र २०७९, शनिबार


    बिज्ञापन
  • सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी सम्पन्र

    टोखा टाइम्स । ‘स्थानीय महिला सीप प्रवर्द्धनलाइ प्रोत्साहन गरौं, महिला सशक्तिकरणमा टेवा पुर्‍या‍‍औं` भन्ने मुलनाराका साथ लघु उद्यम महिला समाजको आयोजना तथा टोखा नगरपालिका २ वडा कार्यालयको सहयोगमा ‘ सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७९’ शनिवार सम्पन्न भएको छ ।

    नेवारी खानाको परिकारका साथै टोखा-२ वडामा रहेका महिला समूहलाई नगरपालिका तथा वडाले आयआर्जनका लागि सञ्चालन गरिएको सीपमूलक तालिम पश्चात् उत्पादित सामाग्रीहरूको प्रदर्शनी तथा बिक्रीवितरण गरिएको थियो ।

    महिलाको सीप बिकास गरी आर्थिक बिकासमा टेवा पुर्‍याउने वातावरण आधार प्रदान गर्नुका साथै परम्परागत सीप विकास गरी स्थानीय सामाग्रीको प्रदर्शनी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको टोखा – २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो ।

     

     

    Facebook Comments Box