• बिष्णुमति करीडोरमा रहेको बंगुर फर्म हटाइयो

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका ३ वडामा अवस्थित बिष्णुमति करीडोरमा रहेको बंगुर फर्ममा डोजर चलाइएको छ ।  वडा कार्यालय अनुसार बिगत ९ महिना देखि समय समयमा बंगुर फर्म हटाउनु सूचना तथा वडाको आग्रहलाई  समेत अटेरी गरेपछि सो स्थानका बंगुर फर्म हटाइएको हो ।

    स्थानीय स्तरमा वातावरणनै प्रतिकुल हुने गरी सार्बजनिक जग्गा समेत ओगटेर बनाइएका संरचना हटाइएको हो । फर्म हटाउन जनप्रतिनिधि , कर्मचारी , दल प्रतिनिधि , क्लब सघंसस्थाहरु र सरोकारवालाहरुको उपस्थितीमा हटाइएको हो ।

    Facebook Comments Box