• टोखा टाइम्स

    • प्रकाशित मिति:२ जेष्ठ २०८०, मंगलवार


    बिज्ञापन
  • आगामी आ.व. २०८०/०८१ को लागि योजना तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना

    टोखा टाइम्स, टोखा । टोखा नगरपालिका वडा नं. २ ले २०८० /०१/२८ गते बिहिवारका दिन टोखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८० / २०८१ को लागि योजना तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

    वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ भनिएको छ –’ टोखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८० / २०८१ को लागि योजना तथा कार्यक्रम तर्जुमा अन्तर्गत साविक चण्डेश्वरी गा.वि.स. हाल टोखा नगरपालिका वडा नं. २ का लागि सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन विकास एवं सुशासन र संस्थागत विकास व्यवस्थापन लगायत वस्ती स्तरीय योजनाहरु संकलन गर्ने कार्य मिति २०८०/०२/१० गते भित्र पुर्वाधार अन्तर्गतका योजनाको हकमा अनिवार्य इष्टिमेट र अन्य योजनाको हकमा प्रस्तावन सहित यस वडा कार्यालयको इमेल [email protected] मा वा वडा कार्यालयमा कार्यालय समय भित्र पेश गर्नु हुन सम्पूर्ण संघ/संस्था, टोल विकास संस्था महिला समूह, क्लवहरु, राजनितिक दलहरु लगायत आदरणीय वडावासी मानुभावहरुलाई यो सूचना मार्फत सुचित गरिन्छ ।’

    Facebook Comments Box