• टोखा टाइम्स

    • प्रकाशित मिति:८ जेष्ठ २०८०, सोमबार


    बिज्ञापन
  • टोखाको फुलबारीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखा-१, झोरमहाँकाल, फुलबारीको घोप्टो पहरोमा अवस्थित गुप्तेश्वर महादेवमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ।

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति टोखाको  आयोजनामा जेष्ठ ९ गते मंगलवारदेखि १७ गते बुधवारसम्म मन्दिर प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

    गुप्तेश्वर महादेव मन्दिरको संरक्षण गर्दै यसलाई देशभर चिनाउन आन्तरिक पर्यटन प्रबद्धन तथा धार्मिक स्थलको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित महायज्ञ सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

    गुप्तेश्वर महादेव मन्दिर प्राङ्गणमा हुने महायज्ञमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा श्रद्धेय भागवत सुप्रसिद्ध युवा कथा व्यास आचार्य श्री सर्वेश्वर शरण सुवेदिका मुखार विन्दुबाट वाचन तथा उपवाचक पण्डित श्री सविन शाश्वत लामिछाने ज्यूका सुमधुर मुखारविन्दबाट पाठ पारायण हुनेछ ।

    फुलवारी घोप्टो पहरोमा अवस्थित गुप्तेश्वर महादेव मन्दिरमा परापूर्व काल देखि नै पुजा आजा गर्दै आएको र पानीको अभावमा खडेरी पर्दा स्थानियले उक्त ठाउँमा पुजा शंखध्वनी गर्दा पानी पर्ने गरेको जनमानसमा विश्वास पाइन्छ । यस ठाउँमा जनै पूर्णिमा मा महादेवको शिर बाट आगोको ज्वाला निस्किने र उक्त ज्वाला तारकेश्वर महादेव मन्दिर सम्म पुग्ने आम स्थानिय वासिन्दाको भनाई किम्वदन्तीमा उल्लेख छ । विशेष गरि मसिर पूर्णिमा, जनैपूर्णिमा, साउन महिना र महा- शिवरात्रीमा विशेष मेला लाग्ने गर्दछ ।

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको साप्ताहिक कार्यक्रमहरू
    कलश यात्रा:

    मिति : २०८० साल जेष्ठ ९ गते मंगलवार

    समय : विहान ७:00 बजे

    स्थान : श्री कृष्ण बरुणेश्वर महादेव मन्दिर बाट जल लिई गुप्तेश्वर महादेव मन्दिर प्राङ्गण सम्म

    प्रथम दिनको कार्यक्रमः

    मिति : २०८० साल जेष्ठ ९ गते मंगलवार – पूर्वाङ्ग

    समय : दिनको १:00 बजे उद्घाटन

    स्थान : गुप्तेश्वर महादेव मन्दिर प्राङ्गण

    सात दिनसम्म हने दैनिक कार्यक्रमः

    विहान : ७:३० वजेदेखि ५ बजेसम्म पारायण र कथा वाचन

    भजन : प्रसिद्ध भजन गायकहरुद्वारा सुमधुर भजन गायन

    सम्मान : दाताहरुलाई दिनको १:०० देखि २:०० बजे सम्म सम्मान कार्यक्रम प्रवचन : प्रसिद्ध प्रवक्ताहरुद्धारा सान्दर्भिक प्रवचन

    माहात्म्य : दैनिक साँझ ७:00 बजेदेखि ८:०० बजेसम्म

    भक्ति संगीत : राती ८:०० बजेदेखि १०:०० बजेसम्म

     

    उद्यापन (साङ्गे) :

    मिति : २०८० साल जेष्ठ १७ गते बुधवार कार्यक्रम :

    (क) पूर्णाहुति (चरुहोम)

    (ख) महादीपप्रज्वलन

    (ग) महाभिषेक

    (घ) वाचक विदाई

    समय : मध्यान्न ३:०० बजेदेखि

    Facebook Comments Box