• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१५ जेष्ठ २०८०, सोमबार


    बिज्ञापन
  • टोखामा नमूना नगरसभा : मेयरमा राजीव डंगोल र उपमेयरमा लेशीसा श्रेष्ठ निर्वाचित

    टोखा, काठमाडौं । टोखामा नमूना नगरसभा कार्यक्रमबाट मेयरमा राजीव डंगोल र उपमेयरमा लेशीसा श्रेष्ठ निर्वाचित भएका छन । नयाँ किरण समूहको ब्यवस्थापन तथा प्रदेश युवा परिषद बागमतीको आयोजनामा संचालित ५ दिवसीय प्रशिक्षण कार्यक्रम आज मेयर र उपमेयर निर्वाचित गरिएको हो ।

    टोखा नगरपालिकाको ११ वटै वडाहरुमा ३ जना र मेयरको सिफारीसमा ७ जना गरि कुल ४० जना मतदाताहरुको मतदान मार्फत निर्वाचन भएको नयाँ किरण समूहका अध्यक्ष डा. दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।

    डा . श्रेष्ठका अनुसार नमूना नगर सभा मार्फत निर्वाचित मेयर उपमेयरले स्वास्थ , शिक्षा , भौतिक पूर्वाधार , सामाजिक बिकाश , तथा बिभिन्न समितिहरुबाट योजना संकलन गरि बिध्येयक पेश गरि सभामा छलफल पश्चात पारित गरिने छ ।

    निर्वाचत मेयर उपमेयर बागमति प्रदेश सभामा प्रतिनिधि हुनेछन र प्रदेश मन्त्रि मुख्यमन्त्रि मतदान मार्फत छनौट गर्नेछन भने प्रदेशबाट ७ जना प्रतिनिधि चुनियर केन्द्रिउ मन्त्रि र प्रधानमन्त्रि निर्वाचित गर्नेछन ।

    कार्यक्रमको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गर्नुभएको थियो । सोही अवसरमा मेयर अधिकारीले युवाहरुका लागि एकदमै महत्वपुर्ण कार्यक्रम रहेको बताउनुहुँदै अहिलेको समयमा युवाहरुनै नगरको विकासमा प्रतिनिधित्व गर्न अग्रसर हुनुपर्ने धारण राख्नुभएको थियो ।

    Facebook Comments Box