• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३० जेष्ठ २०८०, मंगलवार


    बिज्ञापन
  • टोखा नगरपालिका-२ द्वारा जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाई सम्मान

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका-२ ले जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाई सम्मान गरेको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाई आएका जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको हो ।

    वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा सदस्य सविना श्रेष्ठ, आर्यन डंगोल, अमर डंगोल, लक्ष्मी हिमाङले २४४ जेष्ट नागरिक, ९५ एकल महिला, १४ अति अशक्त र १४ पुर्ण अपांग सहित २८ भिन्न रूपले सक्षम मानवहरू गरी कुल ३७० जनालाई दोसल्ला, पौष्टिक आहार सहित जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाई सम्मान गरेका थिए ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताए । नगरले जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गरी मेयर दीर्घायु नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम लगाएका विविध कार्यक्रमहरू सञ्चालन भैरहेको मेयर अधिकारले बताए । नगरभित्रका जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाईका लागि सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिँदै थप लक्षित कार्यक्रमहरू बनाइने समेत उनले बताए ।

    टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जेष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपले सक्षम मानवहरूलाई सम्मान गर्न पाउँदा आफू लगायत वडा परिवार निकैनै हर्षित भएको बताए । जाडो महिनामा गर्नु पर्ने कार्यक्रम विविध कारणवश ढिलाइ भएकोमा माफी माग्दै आगामी दिनहरूमा समयमानै कार्यक्रमको आयोजना गरिने बताए ।

    श्रेष्ठले यो सानो सम्मान मात्र भएको भन्दै आगामी दिनहरूमा अझ वृहत् रूपमा थप कार्यक्रमहरूको आयोजना गर्ने समेत कार्यक्रममा बताए ।

    उक्त सम्मान कार्यक्रममा टोखा आधारभूत स्वास्थ्य केन्द्रको टोलीले ब्लड प्रेस तथा सुगरको जाँच समेत गरिएको थियो ।

    Facebook Comments Box