• आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि विज्ञहरुसँग सुझाव संकलन

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन विषयगत विज्ञहरुसँग सुझाव संकलन गरेको छ।

    नगरपालिकाले आगामी नीति तथा कार्यक्रम निर्माण गर्दा कुन क्षेत्रलाई प्राथामिकता दिने र कस्तो खालको कार्यक्रम ल्याउँदा विकास र सम्बृद्धिलाई तीव्र गतिमा अगाडि लैजान सकिन्छ भनेर विज्ञहरुसँग सुझाव सङ्कलन गरिएको हो ।

    ‘नीति तथा कार्यक्रमलाई सकेसम्म जनमुखी र प्रगतीशील बनाउनुपर्छ भन्ने हाम्रो सोच रहेको छ,’ नगर प्रमुख प्रकाश अधिकारीले भने, ‘त्यसका लागि विषयगत विज्ञहरुको सुझाव लिँदा उपयुक्त हुन्छ भन्ने लागेर भेला गरी सुझाव सङ्कलन गरेका हौँ थुप्रै राम्रा सुझावहरु आएका छन् त्यसलाई गहनरुपले अध्ययन गरेर सम्भावित र प्राथामिकताका आधारमा कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’

    कार्यक्रमा नगरपालिकाले दिएको आर्थिक, सामाजिक, पूर्वाधार, विपद् तथा वातावरण र सुशासन गरी पाँच विषयमा केन्द्रीत रहेर विषयगत विज्ञहरुले छलफल पश्चात नीति तथा कार्यक्रम निर्माणका लागि समूहगत रुपमा सुझाव दिएका थिए ।

    विज्ञहरुको भेला बोलाएर आगामी नीति तथा कार्यक्रम निर्माण गर्दा कुन क्षेत्रलाई प्राथामिकता दिने र कस्तो खालको कार्यक्रम ल्याउँदा विकास र सम्बृद्धिलाई तीव्र गतिमा अगाडि लैजान सकिन्छ भनेर सुझाव सङ्कलन गर्ने मुख्य उद्देश्यले  कार्यक्रमको आयोजना गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि.सी.ले बताए ।

    शनिबार बसुन्धाराको दियालो फुडल्याण्डमा आयोजित कार्यक्रमा नगरपालिकाको आगामी नीति तथा कार्यक्रमलाई कसरी जनमुखी र प्रभावकारी बनाउन सकिन्छ भनेर सबैपक्षसँग सुझाव लिन थालिएको प्रशासकिय अधिकृत अनिल प्रसाद जोशीले कार्यक्रममा जानकारी दिए ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, मुख प्रशासकिय अधिकृत शेरबहादुर बि.सि, ११ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु प्रशासकिय अधिकृत अनिल जोशी, लेखा अधिकृत ज्ञानबहादुर अधिकारीलगायत बिषयगत शाखा प्रमुखहरु, विषयगत समितिका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रमको प्रत्यक्ष प्रसारण भिडियो

     

    टोखा नगरपालिका आ.व.२०८०-८१ को नीति तथा कार्यक्रमको सल्लाह सुझाव संकलन कार्यक्रम

    Posted by Tokha Times on Saturday, June 17, 2023

     

    Posted by Tokha Times on Saturday, June 17, 2023

     

    टोखा नगरपालिका आ.व.२०८०-८१ को नीति तथा कार्यक्रमको सल्लाह सुझाव संकलन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.

    Posted by Tokha Times on Saturday, June 17, 2023

     

    टोखा नगरपालिका आ.व.२०८०-८१ को नीति तथा कार्यक्रमको सल्लाह सुझाव संकलन कार्यक्रममा सम्बोधन गर्नु हुँदै मेयर प्रकाश अधिकारी

    Posted by Tokha Times on Saturday, June 17, 2023

     

    Facebook Comments Box