• कोठु गणेश, नारायण र वंतुलि अजिमा मन्दिर पुर्ननिर्माण गरिने

    टोखा टाइम्स, काठमाडौं । पुरातत्त्व विभागद्वारा  टोखाको ऐतिहासिक सम्पदा कोठु गणेश , नारायण र वंतुलि अजिमा (सङ्कटामाई) मन्दिर पुर्ननिर्माणका लागि डिपिआरको लागि नापजाँच सम्पन्न गरिएको छ । सपनतिर्थ विकास समितिका अध्यक्ष समेत रहेका समाजसेवि तथा सम्पदा अभियन्ता देवराज डंगोलको पहलमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियर टोलिले टोखा नगरपालिका २ स्थित वंतुलि अजिमा (सङ्कटामाई) र टोखा नगरपालिका ३ को कोठु  गणेश र नारायण मन्दिरको पुर्ननिर्माण डिपिआरका लागि नापजाँच गरिएको हो ।

    कोठु गणेश,  नारायण र वंतुलि अजिमा (सङ्कटामाई)  मन्दिर पुर्ननिर्माणको डिपिआरका लागि भएको नापजाँचमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियर सुश्मा पाठक र आरती पोखरेल, टोखा नगरपालिका  ३ का वडा अध्यक्ष रमेश डंगोल ,टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवा: गूथि टोखाका अध्यक्ष रमेश नापित, सङ्कटा मन्दिर गूठीका सदस्य कृष्ण महर्जनको उपस्तिथि थियो ।

    देवराज डंगोलले  पुरातत्त्व विभाग पुगेपछि आर्कीटेक्ट इन्जिनियरको  टोली मठ मन्दिर नापजाँचको लागि टोखा आइपुगेको बताए ।

    डंगोलको  पहलमा टोखा नगरपालिका ,पुरातत्त्व विभाग र विभिन्न राजनीतिक दलहरूसंगको सहकार्यमा सपनतिर्थ मन्दिर, चण्डेश्वरी महादेव मन्दिर , चण्डेश्वरी द्य: छें , विभिन्न परम्परागत पाटिहरु पुर्ननिर्माण सम्पन्न भएका छन् । उक्त तीन सम्पदा डिपिआर निर्माण पछि मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुने डंगोलले बताउनुभयो ।

    Facebook Comments Box