• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ असार २०८०, सोमबार


    बिज्ञापन
  • टोखा २ को सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न, ९५ प्रतिशत कार्यप्रगति

    टोखा टाइम्स, काठमाडौं – टोखा नगरपालिका २ वडाको सर्वाजनिक सुनुवाई सम्पन्न भएको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गर्दै ९५ प्रतिशत कार्यप्रगति भएको  जनाएको हो ।

    वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा सदस्य अमर डंगोलले आ.व २०७९/८० को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरणहरु प्रस्तुत गरेका थिए ।  वडा तथा नगरस्तरी गरी पाँच करोडभन्दा बढि बजेटको कार्यसम्पन्न गरिएको उनले जानकारी दिए ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बि.सी, वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले नगर तथा वडाका बारेमा सोधेका प्रश्नका जवाफ दिएका थिए ।

    सार्वजनिक सुनुवाईमा खानेपानी, स्वास्थ्य, शिक्षा, फोहोरोमैला व्यवस्थापन, सडकवत्ति, सिसि क्यामरा, सार्वजनिक जग्गा, खेलकुद, नगरपालिकाको कमजोर सुशासन प्रणालि लगायतका विषयमा सुनुवाईमा सहभागीले प्रश्न तथा सुझाव दिएका थिए ।

    Facebook Comments Box