• टोखा टाइम्स

    • प्रकाशित मिति:२८ असार २०८०, बिहीबार


    बिज्ञापन
  • इक्यानको कार्यकारी सदस्य पदका लागि श्रीराम गिरीको उम्मेदवारी घोषणा

    टोखा टाइम्स, काठमाडौँ । यही २०८० असार ३० गते नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को चुनाव हुने भएको छ । विष्णुहरी पाण्डे समूह र शेषराज भट्टराई समूह बीच निर्वाचन हुने भएको हो ।

    पूर्वअध्यक्ष विष्णुहरी पाण्डे आफैं नेतृत्वमा दोहोरिने दाउमा छन्। शेषराज भट्टराई, कृष्णहरि केसी र देविदास भट्टराईले पनि अध्यक्षका लागि प्रचार सुरु गरिसकेका छन्।

    विष्णुहरि र शेषराज समूहसहित चुनावी मैदानमा उत्रिँदा देवीदास र कृष्णहरि भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्दै छन्। जसकारण यो निर्वाचनमा अध्यक्षका लागि विष्णुहरि र शेषराजबीच कडा भिडन्त हुने देखिन्छ। इक्यानका अनुसार यसपटकको चुनावमा देशभरबाट ४६८ जना प्रतिनिधिले भोट हाल्न पाउने छन्।

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को कार्यकारी सदस्य पदका लागि श्रीराम गिरीले उम्मेदवारी घोषणा गरेका छन् । गिरी विष्णुहरी पाण्डे समूह बाट उमेदवारी दर्ता गरेका हुन् ।

    जापान पढ्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको ‘ओसिस एजुकेशनल कन्सल्टेन्सी’का सञ्चालक समेत रहेका गिरी  लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रका सक्रिय व्यवसायी हुन् ।

    इक्यानको नवौं अधिवेशन अन्तर्गत हुने निर्वाचनमा गिरीले आफूलाई कार्यकारी सदस्य पदका लागि उम्मेदवारको रुपमा खडा गरेका छन् ।

    सरल र मिजासिलो स्वभावका गिरीले व्यवसायीहरुको साथ समर्थन र सहयोगले नै इक्यानको कार्यकारी सदस्य पदमा उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

    आफ्नोतर्फबाट व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि खट्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यकारी सदस्य पदमा विजय गराउन उनले इक्यानका सदस्यहरुमा आग्रह गरेका छन् ।

    Facebook Comments Box