टोखा टाइम्स, काठमाडौं । काठमाडौंको टोखाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरू भएको छ ।
चिनको शिक्षा मन्त्रालयका जिन विदेशी भाषा आदानप्रदान सहयोग केन्द्रद्वारा प्रायोजित तथा चाइना नेपाल TCM सेन्टर, चाइना नेपाल हस्पिटल, गणेश इङ्गलिस स्कुल र तिलिङ्गातार माद्यमिक विद्यालयको सहप्रायोजनमा चिनियाँ भाषा प्रशिक्षण कक्षा सञ्चालन भैरहेको छ ।
चाइना नेपाल TCM सेन्टरका सञ्चालिका सजना रिमाल भन्छिन्,-‘नेपाली जनतामा भाषा सिक्ने प्रतिभा छ । यस चाइनिज वृज कोर्स परियोजना मार्फत विद्यार्थीहरूले चिनको स्थानीय रीतिरिवाज, सामाजिक विशेषताहरू र सांस्कृतिक विशेषताहरू जान्न सक्छ र जसले समय र स्रोतहरू बचत गर्न र सिकाइ प्रभावमा सुधार गर्न सक्छ । चिनियाँ भाषा सिकाइको माध्यमबाट विद्यार्थीले भविष्यमा राम्रो रोजगारको विकल्प पाउनेछन् ।’
उनि भन्छिन्,‘नेपालमा चिनियाँ भाषाको भबिष्य छ । चाइनिज भाषा बोल्ने दक्ष जनशक्ति अहिलेको आवश्यक्ता हो, त्यसैले उनीहरुलाई चिनीया भाषाप्रति रुची जगाउने र भाषा सिकाएर दक्षा बनाउने योजना हो ।’
‘शिक्षण कर्मचारीहरू बलियो छन् । शिक्षकहरूसँग अन्तरास्ट्रिय विनिमय र शिक्षणमा समृद्ध अनुभव छ । जसले विद्यार्थीहरूलाई चिनसँग सम्बन्धित ज्ञान सिक्न सजिलो बनाउन सक्छ । अध्ययन अवधिमा कुनै लगानी कुनै बोझ र कुनै आर्थिक दवाव छैन, जुन यूवा विद्यार्थीहरूलाई सिक्नको लागि उपयुक्त छ ।’- उनले बताइन ।
विश्वमा ठूलो शक्तिशालि तथा व्यापारीक मुलुकको रूपमा उद्यमान छिमेकी राष्ट्रको भाषा सिक्न विद्यार्थीले पाउनु भनेको भविष्यकोलागि लाभदायक हुने गणेश इङ्गलिस स्कुलका प्रधानाध्यापक विश्वक डंगोलले बताए । उनले भने,’चिनियाँ भाषाप्रति हाम्रा विद्यार्थीहरू निकैनै उत्साहित देखिन्छ । उनिहरू उत्सुकतापूर्व भाषा सिकिरहेका छन् ।’
पछिल्लो समयमा नेपालमा चिनियाँ भाषा प्रतिको मोह बढ्दो छ । चिनियाँ भाषा सिक्न महंगो शुल्क तिर्नु पर्छ । काठमाडौंको महंगो विद्यालयका रूपमा लिइने रातो बंगला लगायतका विद्यालयमा नियमितरूपमा चिनियाँ भाषाको पठनपाठन हुने गरेको छ ।
चाइना नेपाल TCM सेन्टरले चिन सरकारको परियोजनाका साथै त्यहाँ रहेका स्वास्थ्य तथा भाषा विज्ञ र विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपालमा निःशुल्क स्वास्थ्य शिवर तथा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दै आइरहेका छन् ।