• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:४ फाल्गुन २०७८, बुधबार


    बिज्ञापन
  • टोखामा आज : माधवनारायण हरिहर भजन समापन तथा कलश यात्रा हुदैँ

    टोखा टाइम्स, टोखा । पाैष शुक्ल पूर्णिमादेखि शुरु भएकाे माघ महात्मय माधवनाराण हरिहर भजन समापन तथा कलश यात्रा आज माघ शुक्ल पूर्णिमाका दिन सम्पन्र हुदैँछ ।

    प्राचीन संस्कृति नगरी तथा संस्कृति संरक्षित क्षेत्र टोखाको धार्मिक तीर्थ स्थल चण्डेश्वरी मन्दिर परिसरमा माघ महात्मय स्कन्द पूरानमा चण्डेश्वरी मन्दिर परिसरमा दक्ष प्रजापतिले अशोमेय यज्ञ गरेको, सतिदेवीले यज्ञमा होमी प्राण त्याग गरेको र सतिदेविको दाहिने कुम्भ पतन भै चण्डेश्वरी मुस्खारेश्वर महा शक्ति पीठको उत्पति भएको उल्लेख छ ।

    माघ शुक्ल पक्षदेखि शुरू भएको श्रीस्वस्थानि व्रत पनि आज समापन हुँदैछ । बिहान ११ बजे चण्डेश्वरी मन्दिर प्रांगणमा भजन मण्डलीहरू भेला भै नित्य पूजा आजा पश्चात् माधव नारायणको भक्ति गायनसँगै सहस्रधारा कलश यात्रा तथा कठिन दिव्य यात्रा (म्हो दायगु, ज्यु नाप्ने) नगर परिक्रमा गरि हर्षोल्लासका साथ मनाउने गर्दछ ।

    त्यस्तै श्रीस्वस्थानी व्रत कथा बाचन गर्नेहरू पूजाको लागि बिहान यसै मन्दिर परिसरबाट जल लाने गर्छन् भने ब्रतालुहरू कथा श्रवण गरि एक महिना लाम्रो व्रत समाप्न गर्छन् । यस दिन व्रतालुहरूको विशेष भिड लाग्ने गर्छन् ।

    Facebook Comments Box