• टोखा टाइम्स

    • प्रकाशित मिति:४ भाद्र २०८०, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिका-३ : आँखा पाक्ने रोगको संक्रमणका कारण ४ दिनसम्म पठनपाठन बन्द हुने

    टोखा टाइम्स, काठमाडौं । आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै टोखा नगरपालिका-३ का सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन पठनपाठन बन्द हुने भएका छन् ।

    टोखा नगरपालिका-३ वडाका अध्यक्ष रमेश डंगोलले सूचना जारी गर्दै भनेका छन्-‘ प्रस्तुत विषयमा टोखा नगरपालिका वडा नं. ३ अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत अधिकांश विद्यार्थीहरुमा आँखा पाक्ने रोगबाट ग्रसित भई उक्त संक्रमण तिव्र रुपमा बढिरहेकोले आँखा पाक्ने रोगको संक्रमण थप फैलिन नदिन मिति २०८०।०५।०५ गते देखि २०८०।०५।०८ गते सम्म ४ दिनको लागि विद्यालय पठन पाठन बन्द गरिदिनु हुन यसै सूचना मार्फत सबै विद्यालयहरुलाई जानकारीको लागि अनुरोध गरिन्छ ।’

    Facebook Comments Box