• टोखा टाइम्स

    • प्रकाशित मिति:४ भाद्र २०८०, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिकाको लोगो सार्वजनिक

    टोखा टाइम्स, काठमाडौं । टाेखा नगरपालिकाले आफ्नाे लाेगाे सार्वजनिक गरेकाे छ । टाेखाकाे कला, संस्कृति, प्रकृति र टाेखा चाकुलाई प्रष्ट झल्किने गरी समाबेश गरिएकाे लोगो आज सार्वजनिक गरिएको हो ।

    लोगोको माथीकाे छत्रीले टाेखा १-११ काे वडालाई एकीकृत गरिएकाे छ, बाैडेश्वर झरणा, मैजुहिटी, ग्वंगबु (अर्थात भाले बासेकाे हालकाे गाेंगबु) लाई ईंगित गर्दै लाेगाेले समग्रतामा टाेखा समेटेकाे छ ।

    याे लाेगाे टाेखाका ४ जना कलाकारहरु रबी श्रेष्ठ, शंखनारायण श्रेष्ठ, सुरेश श्रेष्ठ र अमर श्रेष्ठले तयार पारेको हो ।

    Facebook Comments Box