टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका कार्यालयले सपनतीर्थ गुँला धाँ बाजा गुथि खलःलाई धाँ बाजा सहित सामान हस्तान्तरण गरेको छ । टोखा नगरपालिका २ वडाको विशेष पहलमा टोखा नगरपालिका कार्यालयले प्रदान गरेको उक्त धाँ बाजा सहित सामान गुथि खलः लाई आज एक कार्यक्रम बीच टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, २ वडाध्यक्ष धेर्मेन्द्र श्रेष्ठ तथा वडासदस्य सविना श्रेष्ठले हस्तान्तर गरेको हो ।
मौलिक कला, संस्कृति संरक्षण एवं प्रवर्द्धन गर्ने उद्वेश्यले टोखामा क्रियाशील रहेको धाँ बाजा गुथिः खलःलाई धाँ बाजा सहित सामान प्रदान गरिएको टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ बताए ।
धाँ बाजा ८ थाना, भछ्या २ जोडा, कनाथ २ थान, टुम्पेच २ थान र लाखेको ख्वापा १ थान गुथि खलःलाई हस्तानतरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेवाः समुदायले गुँला पर्व भक्तिका साथ मनाउदै आइरहेका छन् । गुँला अवधिभर प्रत्यक प्रातकालीन विहानी समयमा विभिन्न धार्मिक स्थलमा बाजागाजा सहित भक्तिका साथ नगर परिक्रमा गर्ने गरिन्छ । सो धाँ बाजा गुथि खलःको अगुवाईमा गुँला पर्व अन्तरगत पर्ने गुँ पुन्हीमा विभिन्न हाँस्य प्रहशन तथा वाः पिगु तथा ख्यालि जात्रासमेत सञ्चालन गर्दै आइरहेका छन् ।