टोखा टाइम्स, काठमाडौं । टोखा खड्गी युवा समाजको अध्यक्षमा प्रेम कृष्ण खड्गी निर्वाचित भएका छन् । आज (शिनबार) तपलाछी गुठी घर टोखामा समाजको ४औं अधिवेशनबाट खड्गी चौथौँ पटक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी समाजकको स्थापनादेखिनै अध्यक्षका रुपमा कार्यसम्पादन गर्दै आइरहेका छन् ।
अध्यक्ष प्रेम कृष्ण सहित सम्पूर्ण कार्यसमिति निर्विरोध भएका हुन् । नवगठित कार्यसमितिमा बिष्णु बहादुर खड्गी (उपाध्यक्ष), दशराम खड्गी (महासचिव), धर्मेश खड्गी (सचिव), बुद्ध खड्गी (कोषाध्यक्ष) र लक्ष्मी नारायण खड्गी (सह-कोषाध्यक्ष) रहेका छन् ।
त्यसैगरी, सदस्यहरुमा धर्मेन्द्र खड्गी, जानुका खड्गी, सन्जु खड्गी, सन्तलाल खड्गी र दिल कृष्ण खड्गी चयन भएका छन् । त्यस्तै, सांस्कृतिक अध्यक्षमा पुर्ण बहादुर खड्गी चयन भएका छन् ।