• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • नयाँ किरण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा राधेश्याम श्रेष्ठ

    टोखा टाइम्स, काठमाडौँ । नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राधेश्याम श्रेष्ठ चयन भएका छन् ।  सहकारीको शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट ९ सदसीय कार्यसमिति सर्वसहमत चयन भएको हो ।

    नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सत्यनारायण डंगोलको सभाध्यक्ष तथा टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा टोखाको सद्भाव बैक्वेटमा सम्पन्न कार्यक्रमबाट बैकुण्ठलाल श्रेष्ठ (उपाध्यक्ष), अष्ट नारायण डंगोल (सचिव), डा.दिपेन्द्र श्रेष्ठ (सह-सचिव) र  अच्युतानन्द राजोपाध्याय् (कोक्षाध्यक्ष) चयण भएका छन् ।

    त्यस्तै, कार्य समितिको सदस्यहरुमा बिमला डंगोल, नानी माया श्रेष्ठ, नाति डंगोल र पञ्चलाल डंगोल चयण भएका हुन ।

    Facebook Comments Box