• टोखा टाइम्स

    • प्रकाशित मिति:२८ भाद्र २०८०, बिहीबार


    बिज्ञापन
  • नेवाः मुक्ति मोर्चा टोखाको अध्यक्षमा रामराज श्रेष्ठ चयन

    टोखा टाइम्स, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेवाः मुक्ति मोर्चा, टोखा नगर कमिटीको अध्यक्षमा रामराज श्रेष्ठ चयन भएका छन् । नेवाः मुक्ति मोर्चा, टोखा नगर कमिटीको बुधबार भएको भेलाले रामराज श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय टोखा नगर कमिटी चयन गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नेवाः मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष दिलिप महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाबाट उपाध्यक्षमा न्हुछे नारायण डंगोल, सचिवमा किरन महर्जन र कोषाध्यक्षमा सुरेन्द्र राज लवट चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजकुमार डंगोल, दिपक महर्जन, बाल कृष्ण डंगोल, आशिष श्रेष्ठ, आशा मान महर्जन, समीर शाही, सरोज डंगोल, सानु (कान्छा) डंगोल, आशा श्रेष्ठ डंगोल र धनबीर डंगोल रहेका छन् ।

    सो भेलामा नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य तथा नेवाः मुक्ति मोर्चा इन्चार्ज सुनिल कुमार मानान्धर, नेवाः मुक्ति मोर्चा जिल्ला अध्यक्ष धर्म देव महर्जन,  नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य तथा टोखा नगर समिति इन्चार्ज राधिका तामाङ, मोर्चाका केन्द्रीय सदस्य बाबुराज महर्जन, केन्द्रीय सदस्य तथा नगर कमिटी सल्लाहकार हेरकाजी डंगोल, काठमाडौं जिल्ला सदस्य तथा नगर कमिटी सल्लाहकार श्याम काजी श्रेष्ठ, आशाकाजी महर्जन, धर्म डंगोल तथा टोखा नगर अध्यक्ष नवीन डंगोल लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box