• टोखा टाइम्स

    • प्रकाशित मिति:३१ भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • सिंहदरवार अनियमितता र भ्रष्टाचारको अखडा : प्रेम सुवाल

    टोखा टाइम्स, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सिंहदरवार अनियमितता र भ्रष्टाचारको अखडा भएको बताएका छन् ।

    आईतबार नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको तेस्रो नगर सम्मेलनमा सम्बोधन गर्दै उनले भने,’ सत्तामा जाने शासक दलहरूमा राजनैतिक र सांस्कृतिक स्तर नभएकै कारण सिंहदरबार अनियमितता र भ्रष्टाचारको अखडा बनेको छ ।’

    कार्यक्रमका प्रमुख अतिथि सुवालले देश र जनताको सेवामा निरन्तर लाग्नु नै सच्चा राजनीति गर्नु हो भन्दै राजनैतिक कार्यकर्तामा सांस्कृतिक स्तरको बिकास गर्दै जानु पर्ने बताए ।

    नेमकिपा पुजिवादी सरकारमा कहिल्यै सहभागी नहुने उनले बताए । ‘नेमकिपाले सत्ताधारी र नेपाली काँग्रेस, एमाले र माओवादी लगायतका शासक दलको जन बिरोधी, राष्ट्रघाती देशघाटी गतिविधि र कदमलाई बिरोध र भण्डाफोर गर्दै क्रान्तिकारी संसदवादलाई देश र जनताको पक्षमा उपयोग गरिरहेको र गरिरहने छ,’ सुवालले भने ।

    तस्विरः नरेश डंगोल

    Facebook Comments Box