• टोखा टाइम्स

    • प्रकाशित मिति:१४ आश्विन २०८०, आईतवार


    बिज्ञापन
  • टोखामा ‘प्रथम कर सप्ताह’ अभियान सुरु

    कार्यक्रम भिडियो

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु भएको हो ।

    आइतबार टोखा नगरपालिका कार्यालय तथा नगरपालिकाको एघारै वटाबाट प्रभातफेरी कार्यक्रम गर्दै कर सप्ताह अभियान थालिएको हो । प्रभातफेरी र्‍याली टोखा स्थित भुतखेल चौरमा पुगि सभामा परिन्त भएको थियो ।

    टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताए ।

    “हाम्रो कर प्रणालीमा समस्या छ, हामीले जनताबाट कर लिन्छौँ तर कर लिएअनुसार जनतालाई अनुभूति दिलाउने खालको योजना दिन सकेका छैनौँ”, उनले भने। कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उहाँले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा जोड दिए।

    टोखा नगरपालिकाले आफ्नो स्थानको विकास गर्न चलाएको अभियान अनुकरणीर भएको बागमती प्रदेश सांसद शिशिर खनालले  बताए । “अहिले हामी कर! करले तिर्ने गरेका छौँ । स्थानीय सरकारले जनताको  माग तथा गुणासाहरुलाई सम्बोधन गर्दै प्रशासनीक शुशासन र आर्थिक पार्दशिता रुपमा अगाडि बढ्नु आवश्यक छ”- उनले भने ।

    अर्का बागमती प्रदेश सांसद अमन कुमार मास्कले समाज समाबेशी हुनु पर्ने बताए । महिला, सिमान्तकृत र अल्पसंख्यक समुदायले सञ्चाल्ने गरेको तथा नाममा रहेको व्यवसायहरुलाई भारिमात्रामा कर छुट्टको व्यवस्था गर्नु पर्नमा जोडदिए ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उनले कर सप्ताहले राजस्व संकलन वृद्धि हुनेमा विश्वास व्यक्त गरे । समृद्ध टोखा बनाउन सबै नगरबासीले कर तिर्न आह्वान समेत गरे ।

    त्यस्तै, कार्यक्रममा बोल्ने बक्ताहरुले जनताले तिरेको करको सहि सदुपयोग हुने ग्यारेन्टि गर्दै नगर विकासमा जनप्रतिनिधि तथा कर्मचारीहरु सुशाशन तथा आर्थिक पार्दशिताका साथ लाग्नु पर्ने सुझाव दिएका थिए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिए ।

    नगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेलगायत करको दायरामा नआएकाहरूलाई शिक्षा दिनु यसको मुख्य उद्देश्य रहेको उनले बताए । गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड रुपैयाँ कर संकलन गरेको उनले जानकारी दिए ।

    टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ ।

    आगामी असोज २० गतेसम्म चल्ने कर सप्ताहमा करसम्बन्धी घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, जनप्रतिनिधिबीच फुटबल प्रतियोगिता, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय प्रमुख बि.सीले जानकारी दिए।

    कर सप्ताहको अन्तिम दिन बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान गरिनेछ ।

    Facebook Comments Box