• टोखा टाइम्स

    • प्रकाशित मिति:३० आश्विन २०८०, मंगलवार


    बिज्ञापन
  • टोखा नगर सांस्कृतिक धिमे प्रतियोगिता सम्पन्न, मूः ध्वाखा धिमे खलः प्रथम

    टोखा टाइम्स, काठमाडौँ । देरचा धिमे खलः टोखाको आयोजनामा भएको ‘टोखा नगर सांस्कृतिक धिमे सुरताल प्रतियोगिता २०८०’ प्रतियोगितामा मूः ध्वाखा धिमे खलः प्रथम, सरस्वती धिमे खलः द्वितीय, देरचा धिमे खलः तृतीय र धापासी ब्याँचुली बाँसुरी खलः तथा गाम्चा नास धिमे खलः सान्त्वना भएका छन् ।

    टोखा नगरपालिका र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको विशेष सहयोगमा मंगलबार टोखाको साँस्कृतिक थनेलाछी दबुमा भएको भव्य कार्यक्रममा प्रतिस्पर्धा गरेका ९ धिमे खलः मध्ये उत्कृष्ट पाँच खलः निकै थोरै अंकका अन्तरले विजयी भएका थिए । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको खल:लाई नगद पुरस्कारका साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। सान्त्वना स्थान पाएको खल: लाई नगद पुरस्कारका र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट भएका प्रतियोगीहरुलाई विशेष अतिथि टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरेको हो ।

    बाजाका प्रतिस्पर्धीहरुले प्रदर्शन गरेका ताल, बोल, शैली, पोशाकलाई आधार बनाएर निर्णायक मण्डलीबाट उत्कृष्टता मूल्यांकन गरिएको हो ।

    कार्यक्रममा सम्बोध्न गर्दै विशेष अतिथि टोखा नगरपालिका-२ का वडाध्यक्ष धेर्मेन्द्र श्रेष्ठले टोखाको मौलिक सांस्कृतिक बाजागाजाको संरक्षण तथा उत्थान गर्ने कार्यक्रम वडा तथा नगरपालिकाले आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले हाम्रो मौलिक संस्कृति, सम्पदा  बाजागाजाको जग्रेणा हुने र लोप भैसकेका बजागाजाहरु लाई पनि जिवन्त तुल्याइ राख्न आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमको आयोजना हुनु पर्नेमा जोड् दिनुभयो ।

    त्यस्तै, टोखा नगरपालिका-३ का वडाध्यक्ष रमेश डंगोलले कार्यक्रम आयोजक प्रति धन्यवाद दिदै युवा पुस्तामा आफ्नो संस्कृति प्रतिको उत्साहजनक माया मोह जाउँने कार्यक्रमको लागि वडा तथा नगरपालिकाले बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

    टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले युवाहरुको जोस जाँगरलाई सम्मान गर्दै अब संस्कृतिलाई आयआर्जनसँग जोड्नु पर्ने बताउनुभयो । सांस्कृतिक क्षेत्रमै जिवन सम्पर्ण गरेका सर्जकहरुलाई सरकारले उचित भत्ता तथा सेवा सुविधाको समेत व्यवस्थापन गर्ने तथा गराउन हामी सबै आआफ्नो क्षेत्रबाट लागिपर्न आग्रह गर्नुभयो ।

    टोखाका मूःनाय हेमराज श्रेष्ठले धिमे बाजाको सांस्कृतिक महत्वबारे चर्चा गर्नुभएको थियो।

    धिमे खलः का अध्यक्ष सुसन  श्रेष्ठको सभाध्यक्षतामा टोखा नगरपालिकाका कार्यबहाक प्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा टोखा नगरपालिका, बुढानिकलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकाका धिमे खलःहरुको सहभागिता रहेको ।

    Facebook Comments Box