• टोखा टाइम्स

    • प्रकाशित मिति:६ कार्तिक २०८०, सोमबार


    बिज्ञापन
  • बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिपको उपाधि नेपालका कुमार लवटले जिते

    टोखा टाइम्स, काठमाडौं । प्रथम बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप-२०२३ को उपाधि नेपालले जितेको छ । बंगलादेशमा सम्पन्न भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै टुख्यः तेक्वान्दो डोजाङ टोखाका कुमार लवटले गोल्ड म्यादल सहित उत्कृष्ट खेलाडीको उपाधि समेत जितेका हुन ।

    अक्टोवर १९ देखि २१ सम्म बंगलादेशको सभर, ढाकामा आयोजित प्रतियोगितामा नेपाल सहित आठ राष्ट्रले सहभागिता जनाएको उक्त प्रतियोगितामा लवटले १७-३५ उमेर समूह ६८ केजि तौलतर्फ क्योरूगी फाइटमा सो उपाधि हात पारेका हुन ।

    त्यस्तै, संयोग खड्का क्योरुगीको अन्डर १० उमेर समूह ३० केजि तौल र अन्डर १२ ४० केजि तौल महिलातर्फ सुसन्ध्या खड्काले दोस्रो उपाधि जितेका छन ।

    Facebook Comments Box