• टोखा टाइम्स

    • प्रकाशित मिति:१३ कार्तिक २०८०, सोमबार


    बिज्ञापन

    नेपाल संवत् ११४४ न्हुदँ विविध कार्यक्रम गरी मनाइँदै

    टोखा टाइम्स, काठमाडौं । नव वर्ष नेपाल संवत् ११४४ मनाउन नेवाः गुथि टोखाको विशेष बैठक सम्पन्न भएको छ ।

    नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४४ मनाउन गुथिको आईतबार कार्यालयमा बसेको पदाधिकारी तथा सल्लाहकार सहितको बैठकले गत वर्षहरुमा नयाँ वर्षको स्वागत र्‍याली सहित विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरिदै आएको भए पनि यस वर्ष भने स्वागत र्‍याली तथा नेपालभाषा तथा संस्कृतिमा योग्दान पुर्‍याएका विशिष्ठ व्यक्तित्वलाई सम्मान गर्ने बैठकले निर्णय गरेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताउनु भयो ।

    सम्मानित हुनेमा बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन गर्न विशेष भूमिका निर्वाह गरेका बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन तथा टोखाका सांस्कृतिक बाजा खलःका गुरुहरुलाई सम्मान गर्ने समेत बैठकले निर्णय गरेको गुथिका अध्यक्ष नापितले बताउनु भयो ।

    नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष कछलाथ्व पारु (कार्तिक २८ गते) मूःध्वाखा बाम्फलमा जम्मा भई शुभकामना र्‍याली टोखा नगर परिक्रमा पश्चात क्वने लाछिमा आई विशेष सभा गरी सम्मापन गरिने  अध्यक्ष नापितले जानकारी दिनुभयो ।

    भाषिक तथा सांस्कृतिक आन्दोनलका रुपमा नेवाः समुदायले मनाईदै आईरहेको न्हुदँ टोखामा नेवाः गुथि टोखाले प्रत्यक वर्ष निरन्तररुपमा विविध कार्यक्रम गरी मनाईदै आइरहेको छ ।

    Facebook Comments Box