• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ कार्तिक २०८०, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिका भित्र राति ११ बजेसम्म देउसी भैलो खेल्न पाइने

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका भित्र राति ११ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

    नगरपालिकाले राति ११ बजेसम्म देउसी भैलो खेल्न सकिने व्यवस्था गरेको नगरपालिकाका कार्यवाहक मेयर तथा उप मेयर मुरारी तामाङले जानकारी दिएका छन् ।

    उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘दीपावली पर्वको अवसरमा यस टोखा नगरपालिकाको क्षेत्र भित्र देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने विभिन्न संस्था, समूह तथा सर्वसाधारणलाई रात्रीकालिन समयमा ११ बजेसम्म मात्र देउसी भैलो कार्यक्रम आयोजना गर्न अनुरोध गर्नुका साथै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानहरुमा होहल्ला गरी समुदायमा अशान्ति फैलाउने र नकारात्मक असर पर्ने कार्य नगर्न तथा शान्तिपूर्ण रुपमा मर्यादित ढङ्गले चाडपर्व मनाउनु हुन सम्पूर्ण टोखाबासीहरुमा हार्दिक अनुरोध गर्दछौं ।’

    Facebook Comments Box