• टोखा टाइम्स

    • प्रकाशित मिति:१ मंसिर २०८०, शुक्रबार


    बिज्ञापन

    टोखा परम्परागत चाकु संरक्षण समाजको शुभकामना आदान–प्रदान कार्यक्रम हुँदै

    टोखा टाइम्स, काठमाडौं । टोखा परम्परागत चाकु संरक्षण समाजले भोलि मंसिर २ गते शनिबार यःमरि तुच्चा एवं शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

    नेपाल संवत ११४४ नयाँ वर्ष तथा छठ पर्वको अवसरमा बिहान ११ बजेदेखि टोखाको क्वने लाछीमा शुरु हुने शुभकामना तथा साँस्कृतिक कार्यक्रममा सहभागिताका लागि समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले सम्पूर्ण टोखावासीमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box