• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ मंसिर २०८०, बुधबार


    बिज्ञापन
  • हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा

    टोखा टाइम्स, काठमाडौँ । बूढानीलकण्ठ क्षेत्रमा लाग्ने हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

    बूढानीलकण्ठ नगरपालिकाले आज पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ नारायण भगवानको पवित्र तीर्थस्थलमा बर्सेनि लाग्ने यो मेलामा यसपटक एक लाखभन्दा बढी भक्तजन सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

    मेलालाई व्यवस्थित र भव्य बनाउन बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा १००१ मूल व्यवस्थापन समिति र अन्य १३ उपसमिति गठन गरिएको छ ।

    सर्वसाधारण दर्शन गर्न जाँदा दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने र पूर्व र पश्चिम ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ भने विशिष्ट व्यक्तिका लागि पश्चिमतिरको ढोकाको व्यवस्था गरिएको छ । अशक्त, अपाङ्गता भएका असहाय तथा ज्येष्ठ नागरिकलाई सुरक्षित तवरबाट दर्शन गराउने व्यवस्था गरिनेछ ।

    मन्दिरको उत्तरपट्टि स्वास्थ्यचौकी र मन्दिरको पश्चिमपट्टि खानेपानीको व्यवस्था मिलाइने भएको छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगरस्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुको घुम्ती टोली परिचालन गरिने छ ।

    मेला आगामी मङ्सिर ७ गते एकादशीदेखि सुरु भएर ११ गते पूर्णिमासम्म चल्नेछ । 

    Facebook Comments Box