• टोखा टाइम्स

    • प्रकाशित मिति:९ मंसिर २०८०, शनिबार


    बिज्ञापन
  • टोखा यूवा बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    टोखा टाइम्स, काठमाडौं, ९ मंसिर । ट‍ोखा यूवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    टोखा यूवा बहुउद्देश्यीय सहकारीको अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यतामा टोखा नगरपालिका २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ तथा ट‍ोखा सहकारी शाखा प्रमुख कमला कार्कीको विशिष्ट आतिथ्यतामा टोखाको बि.एल. भ्वय छेंमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण, विनियम संशोधन तथा भावि नीति र कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०८०/८१ को तेस्रो वार्षिक साधारण सभा सहकारीले शनिबार सम्पन्न गरेको हो ।

    सभामा संस्थाको अध्यक्ष शान्ति डंगोलले आ.व २०७९⁄०८० वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।

    उद्घाटन सभामा अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिंदै सान्दर्भिक मन्तव्य राखेका थिए । भने, संस्थाका सल्लाहकार राम राज श्रेष्ठले सहकारीको इतिहासको बारेमा चर्चा गरेका थिए ।

    कार्यक्रममा संस्थाका सल्लाहकार राजिव श्रेष्ठ र प्रकाश डंगोल, साहेक लेखा परिक्षक बासुदेव अधिकारी कार्यसमितिका पदाधिकारी तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box