काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी अनुदान सहायता ( एमसीसी) संसदबाट पारित गर्न समर्थन नगर्ने बताएका छन् । संसद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले एमसीसी पास गर्न आफ्नो दलले समर्थन नगर्ने बताएका हुन् । उनले भने, ‘एमसीसी सदनमा टेबल भएको छ । पास गर्न समर्थन गर्न सकिदैन ।’
सरकारले प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा एमसीसी सम्झौता प्रस्ताव पेश गरेका हुन् । एमसीसीमा अब पक्ष र विपक्षमा छलफल भई अनुमोदनका लागि निर्णयार्थ पेस गरिनेछ ।