• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ मंसिर २०८०, आईतवार


    बिज्ञापन
  • टोखा-२ को लैङ्गिक हिंसा विरुद्धको सचेतना र्‍याली सम्पन्न

    टोखा टाइम्स, २४ मंसिर । लैङ्गिक हिंसा विरूध्दकाे १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसा अन्त्यकाे सुनिश्चितताः महिला र बालबालिकामा लगानीकाे एक्यवध्दता’ भन्ने मुल नारा सहित टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा आज र्‍याली (प्रभात फेरी) कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा जनप्रतिनिधि, वडा कार्यालय कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, महिला समूह, क्लव तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रभात फेरी पश्चात् समापन सभामा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल पारेकोमा उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    Facebook Comments Box