टोखा टाइम्स, ७ पुष, टोखा । टोखा नगरपालिकाले विद्यालयले विध्यार्थीहरुलाई पाठ्यक्रम तोकेभन्दा बाहिरका अन्य पुस्तकहरु किन्न तथा विभिन्न उत्सव, चाडपर्वका नाममा विद्यालय पोषाकभन्दा भिन्न पोषाक किन्न लगाएको र विद्यालय बसको भाडा विध्यार्थीहरुलाई असान्दर्भिक हुने गरी तिर्न बाध्य पारेको लगायतका विषयहरुमा गुनासो प्राप्त भएको प्रति आफ्नो ध्यानार्षण भएको भन्दै त्यस्तो कार्य नगर्न र नगराउन सबै विद्यालयलाई निर्देशन दिएको छ ।
टोखा नगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालयहरुलाई त्यस्ता कार्य नगर्न नगराउन ९ बुदे निर्देशन समेत दिएको छ ।
नगरपालिकाको निर्देशनहरु पालन नभएको खण्डमा प्रचलित कानुनबमोजिम दण्ड सजाय हुनेसमेत जनाएको छ ।
निर्देशनमा भनिएको छ- १) पाठ्यक्रमले तोकेभन्दा वाहिरका अन्य विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तकहरु किन्न बाध्य नगराउने
२) विभिन्न उत्सव, चाडपर्व र कार्यक्रमका नानमा विद्यालय पोषाकभन्दा अन्य पोषाक किन्न तथा प्रयोग गर्न वाध्य नगराउने
३) विद्यालय बसको भाडा नगर पालिकाबाट स्वीकृत मापदण्ड अनुसार स्वीकृत गराई लिने र आफूखुसी भाडा उठाउने तथा वसमा विद्यार्थीहरूले सिट नपाइ उभिएर आवतजावत गर्नुपर्ने अवस्था तत्काल बन्द गर्ने/गराउने
४) आगामी वर्षका दिनहरुमा नगरपालिकाले तोकिएका लेखापरीक्षकबाट मात्र विद्यालयको लेखापरीक्षण गराउने
५) तोकिएको मापदण्ड अनुसारको राष्ट्रिय झण्डा विद्यालय हाताभित्र अनिवार्य रुपमा राखे राख्न लगाउने ।
६) टोखा नगरभित्र सञ्चालन भएका वा हुने शैक्षिक मनोरामर्श केन्द्र, भाषा कक्षा र कोचिड कक्षा लगायतका विभिन्न शैक्षिक संस्थाहरुलाई यसै शैक्षिक सत्रको अन्त सम्ममा दर्ता तथा अद्यावधिक गर्ने गराउने
७) विद्यालय क्षेत्रभित्र जङ्गफुड तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने
८) हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तकविहीन कक्षा सञ्चालन गर्ने
१) विभिन्न कारणले नियमित पठपाठन नभएको दिनका लागि सार्वजनिक विदाका दिनमा समेत क्षतिपूर्ति कक्षा सञ्चालन गर्ने ।