टोखा, २९ पुस । टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा दुई महिने बुटिक एडभान्स सिलाइ तालिम शुरु भएको छ । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्तर्गत २ महिने एडभान्स तालिमको एक कार्यक्रम बीच आज टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालयसँगको सहकार्यमा गोसाईकुण्ड पोलि टेक्निकल इन्स्टिच्युट प्रा.लिले दिइने तालिम उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मुरारी तामाङले तालिममा सहभागिहरुलाई शुभकामना दिँदै तालिम अवधिभर लगनशील भएर सिक्न आग्रह गर्नुभयो । उहाँले तालिमबाट प्राप्त सिपलाई व्यवहारमा लागु गरी आयआर्जनको पाटोलाई बलियो बनाउनु पर्नेमा जोड् दिनुभयो । उपप्रमुख तामाङले नगरपालिकाले आफ्ना नगरवासीहरुको माग बमोजिम स्वरोजगार बनाउने लक्ष्य अनुरुप विभिन्न तालिमहरु सञ्चालन भैरहेको समेत बताउनु भयो ।
कार्यक्रमका सभापति तथा टोखा नगरपालिका २ वडा कार्यालयका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले वडा कार्यालयले गरेको लगानी खेर नजाने गरी तालिममा सिक्न र त्यसलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
वडाद्वारा सञ्चालित तालिमहरुमा प्रशिक्षार्थीहरु नियमितरुपमा उपस्थित नहुने गरेको गुणासो आइरहेको भन्दै तालिममा सभागि हुने हो भने तालिम अवधिभर पुरा समय दिन सक्नेले मात्र तालिममा सहभागि भई तालिम लिन अनुरोध गर्नुभयो । उहाँले तालिमको लागि आएको बजेट तपाई हामीले नै तिरेको करको पैसा भएको भन्दै निःशुक्लमा पाएको तालिम नभनि नियमित रुपमा तालिम अवधिभर सहभागि भई तालिमको लाभ उठाउन आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा स्वागत मनतव्य राख्दै वडा सदस्य लक्ष्मी हिङमाङले वडा कार्यालयले महिलाहरुलाई सीपमुलक तालिम दिई उद्यमशील बनाउने कार्य गरिरहेको बताउनु भयो । तपाईले पाएको अवसरको भरपुर सदुपयोग गर्नु पर्ने भन्दै तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य अमर डंगोलले तालिमको सफलताको शुभकामना दिँदै वडा कार्यालयको आयोजनामा आयोजित यस सीपमुलक तालिमले स्वरोजगार सृजना गर्ने आफुले विश्वास लिएको बताउनुभयो । वडाद्वारा सञ्चालित २ महिने तालिम तपाईहरुलाई अपुग भएको खण्डमा तपाईहरुलाई पुन बजेटको व्यवस्था गर्न वडा कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस्तै आफ्नो शुभकामना मन्तव्य राख्दै वडा सदस्य सविना श्रेष्ठले तालिम अवधिभर एकआपसमा सहयोग र सहकार्य गरी तालिम लिन अनुरोध गर्नुभयो । वडा कार्यालयले महिलाहरुलाई विशेष प्राथमिकतामा राखि विभिन्न एडभान्स तालिमहरु सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । श्रेष्ठले हाल एडभान्स मन्टेश्वरी तथा ब्युटीसियन तालिमहरु सञ्चालन भैरहेको समेत कार्यक्रममा बताउनु भयो ।
तालिम प्रशिक्षक दीपा तिमिलसिनाले निःशुल्कमा पाएको तालिम भनेर वेवस्था तथा हेलचेकराइ नगरी नियमित रुपमा समयमै तालिम कक्षामा उपस्थित भएर राम्रोसँग सिक्न प्रशिक्षार्थीहरुमा अनुरोध गर्नु भयो । दुई महिनले बुटिक सिलाइका क्रममा लहंगा चोली, ग्राउन र ३ किसिमका ब्लाउजको तालिम दिइने प्रशिक्षक तिमिलसिनाले कार्यक्रममा जानकारी गराउनुभयो ।
२ वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्तरगत आयोजित तालिम वडाका २५ जना महिलाहरु सहभागि रहेका छन् । तालिम वडा कार्यालयको पुरानो भवनमा हुनेछ ।
वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभाध्यक्ष तथा उप प्रमुख मुरारी तामाङको प्रमुख अतिथिमा सम्पन्न भएको तालिम उद्घाटन कार्यक्रममा वडा सदस्यहरु सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ, अमर डंगोल, आर्यन डंगोल, प्रशिक्षक दीपा तिमिलसिना, लिना महर्जन तथा प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।